काठमाडौं ,सोमबार नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचुक कारोबरको पहिलो सम्म आउँदा दोहोरो अंकले बढेको छ ।
आज ११ बजे १९३५.६३ को बिन्दुबाट सुरु भएको कारोबारको सुरुमा केही समय ओरालो लागेर १२ बजेसम्म आउँदा १५.४७ अंकले बढेर १९५१.१० को बिन्दुमा पुगेको छ । दुई घण्टाको अवधिमा नेप्से ०.८० प्रतिशतले बढेको हो ।
कारोबारमा आएका १२ उपसमुहमध्ये ५ उपसमुह ओरालो लागेका छन ।
एक घण्टाको अवधिमा कारोबारमा आएका १८६ कम्पनिको ३७ लाख ६५ हजार ९१ कित्ता २२ हजार ५९६ पटक खरिद बिक्री हुदाँ २ अर्ब ४२ करोड २७ लाख बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया