राष्ट्र बैंकले सोमबार २१ अर्बभन्दा बढीको ट्रेजरी बिल बोलकबोल गर्दै

५ बर्ष अगाडि

काठमाडौं –नेपाल राष्ट्र बैंकले रू २१ अर्बभन्दा बढी ’ट्रेजरी बिल’ बिक्री गर्ने भएको छ । बैकले आज २१ अर्ब ३ करोड ’ट्रेजरी बिल’बोलकबोलबाट बिक्री गर्न लागेको हो ।

आज २ बजे बोलकबोल भएर मगलबार ट्रेजरी बिल इस्यु हुने बताइएको छ । 

राष्ट्र बैंकले ९१ दिनका लागि १४ अर्ब ३ करोड, १८२ दिनका लागि ५ अर्ब र ३६५ दिनका लागि २ अर्ब सो बराबरका ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।


गैर प्रतिस्पर्धी बोलकबोलकर्ताहरुका लागि १५ प्रतिशत छुट दिइने राष्ट्र बैंकको भनाइ छ ।  

सरकार वा राष्ट्र बैंकले आन्तरीक ऋण उठाउन प्रयोग गरिने एक प्रकारको ऋणपत्रलाई ट्रेजरी बिल भनिन्छ । यो २८, ९१, १८२ र ३६४ दिन अवधीको हुन्छ ।  यी बिभिन्न प्रकारका ट्रेजरी बिल राष्ट्र बैंकले निष्काशन गर्दै आएको छ । 

ट्रेजरी बिल कुनै व्यक्ति वा वित्तिय संस्थाले बोलकबोल गरेर किन्न सक्छन् । उक्त बोलकबोल बहुबोल मूल्य विधि मार्फत गरिन्छ ।

साथै, ट्रेजरी बिलमा ब्याजदर भन्दा पनि सट्टा छुटदर माथि बोलकबोल हुन्छ । कुनै व्यक्ति वा वित्तिय संस्थाले सरकारलाई रू। १ करोडको ट्रेजरी बिल किन्दा छुट सहित ९५ लाख दिन सक्छन् ।

तर, पछि उनीहरुले अवधी सकिएपछि एक करोड रुपैयाँ नै पाउछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया