काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधी सभा बिघटन गरेपछि कानुन विदहरु त्यसको विरुद्ध सर्वाेच्चमा रिट दायर गर्ने तयारी गरेका छन् । केही कानुनविद तथा अधिवत्ताहरुले आज नै सर्वाेच्च रिट हाल्ने तयारी गरेका हुन् ।
ओली र भण्डारीको विरुद्धमा हिजो नै रिट हाल्ने तयारी थियो । तर, हिजो त्यो व्यवहारिक रुपमा समय नपुग्ने भएपछि आज रिट दर्ता गर्न लागिएको हो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, अधिवक्ता लोकेन्द्र केसी, केशरजंग केसी लगायतको कानुन व्यवसायीहरुको टिमले उनीहरु विरुद्ध अदालतमा रिट दायर गर्नलागेको हो ।
प्राविधक समस्या नआएमा आज नै रिट दायर हुने र भोलिदेखि सुनुवाई सुरु हुन सकन्ेबताइएको छ ।
प्रतिक्रिया