काठमाडौं । शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, रूपन्देहीका कार्यालय प्रमुख सुरेश ठाकुरले करिब ४ करोड भन्दा बढी भ्रष्टाचार गरेको रहस्य खुलेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाअनुसार निमार्ण व्यवसायीहरुसँग बिभिन्न बहानामा रकम माग गर्ने र रकम नदिएको खण्डमा अनावश्यक दुःख दिई करिब ४ करोड भन्दा बढी घुस लिएको र आफन्त एवम् साथीको बैंक खातामा जम्मा पारेको रहस्य खुलेको हो ।
पदमा बहाल रहदा आर्जन गरेको स्रोत नखुलेको सम्पत्ति सम्बन्धमा छानविन गर्दा उनले आफ्नो पद तथा अधिकारको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको पाइएको हो ।निजको परिवारका सदस्यको चल अचल सम्पत्ति सिर्जना एवं शेयर लगानी, बिमा,बैङ्क मौज्दात, लगायतका शीर्षकमा समेत गरी ३ करोड ९३ लाख ७४ हजार ९२८ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएको हो ।
उपसचिव ठाुकरले सार्वजनिक सेवाको पदमा रहेर गैरकानूनी रुपमा आर्जन गरी, स्रोत पुष्टि नभएको , घुस वापत लिएको रकम श्रीमती अनिता ठाकुरको नाममा राखेको, अन्य व्यक्तिहरु सन्तोष ठाकुर, बलराम उपाध्याय र मिनाक्षी सिन्हाको नाममा खातामा लुकाइराखेको पाइएको हो ।
यस्तै आयोगले गत साउन १२ गते कार्यकक्षबाट १२ लाख ५० हजार ५०० समेत बरामद भएको छ ।
प्रतिक्रिया