महालक्ष्मी विकास बैंकका म्यानेजर सुनकाण्डमा पक्राउ, एनएमबी बैंकका कर्मचारी पनि तानिए

५ बर्ष अगाडि

काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले महालक्ष्मी विकास बैंक कुमारीपाटी शाखाका ब्रान्च म्यानेजरसहित तीन जना कर्मचारीलाई सुनधितो काण्डमा पक्राउ गरेको छ । 

कम तौलका सुनका गहना धितो राखेर धेरै ऋण दिएको आरोपमा ब्युरोले ब्रान्च म्यानेजर अनिश सिंह सिजापति, पूर्व प्रबन्धक स्मृति राना र पिंकु पालिखेलाई  पक्राउ गरेको हो । 

उनीहरुले लगनखेलका सुन व्यापारीलाई कमसल धितो राखेर बढी ऋण दिएको केन्द्रिय अनुसन्धान व्यूरोका डिआईजी सहकुलबहादुर थापाले बताए। 

कम तौलका सुनका गहना धितो राखेर धेरै ऋण लिने सुन व्यापारी पूर्ण राई, देवानन्द राई र देवानन्दको सुन पसलका मिस्त्री सन्दिप लिम्बु यसअघि नै पक्राउ परेका छन् । उनीहरुलाई ऋण दिँदा तिनैजना शाखा प्रबन्धकले हस्ताक्षर गरेका थिए ।

बैंक मेनेजरसँगको मिलेमतोमा सुन व्यापारीले ७ करोड ४२ लाख बैंकलाई नोक्सान गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले उनीहरुलाई बैंकिङ कसुर मुद्दा चलाएको छ ।

पक्राउ गरिएका ३९ बर्षिय पिंकु पालिखे हाल एनएमबी बैंकमा कार्यरत छन्। ४२ बर्षीय स्मृति राना महालक्ष्मी विकास बैंकको मुख्य कार्यालयमा कार्यरत छिन् ।  

५ बर्ष अगाडि

प्रतिक्रिया