बिजय लघुवित्तको लाभांश घोषणा, बोनश शेयर कति ?

५ बर्ष अगाडि

काठमाडौं – विजय लघुवित्तले गत आवका मुनाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो । 
त्यसमा १९ प्रतिशत बोनस शेयर रहेको छ भने १ प्रतिशत नगद लाभांश रहेको छ । कम्पनीले पं्रस्ताव गरेको लाभांश राष्ट्र बैंक र साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् । 
हाल कम्पनीको चुक्तापुँजी  २२ करोड ४० लाख ३१ हजार रहेको छ । कम्पनीले त्यसको २० प्रतिशत रकम अर्थात् रु. ४ करोड ४८ लाख बराबरको लाभांश वितरण गर्ने छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया