काठमाडौं , नेपाली बजारमा चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले पोको ब्रान्डको पोको एक्स३ एनएफसी सार्वजनिक गरेको छ ।
फोनमा क्रायो ४७० अक्टा–कोर सीपीयू र एड्रेनो ६१८ सर्वोत्कृष्ट गेमिङ सिरिज जीपीयू रहेको छ । यस्तै सेटमा क्वालकमको सबैभन्दा शक्तिशाली फोरजी प्रोसेसर स्न्यापड्रैगन ७३२जी जडान गरिएको छ
यसैगरी फोनमा लिक्वडकुल टेक्नोलोजी १.० प्लसको प्रयोग गरिएको छ ।
फोनमा सानदार इड्ज–टु–इड्ज ६.६७ इन्च एफएचडी प्लस डट डिस्प्ले, रियर क्वाड क्यामेरा प्रणाली रहेको छ भने ६४ एमपीको मुख्य क्यामेरा, १३एमपी अल्ट्रा वाइड एंगल क्यामेरा, २एमपी म्याक्रो क्यामेरा र २एमपी डेप्थ सेन्सर समावेश छन् ।
६ जीबीदेखि १२८ जीबीसम्म सुविधा रहेको फोन छ र ५१६० एमएएच ब्याट्री क्षमताको फोन सेट ३० मिनेटमा यो ६२ प्रतिशतसम्म चार्ज हुन्छ जुन स्याडो ग्रे र कोबाल्ट ब्लू कलरमा उपलब्ध छ ।
फोन मी प्रिफर्ड पार्टनर र अनलाइन पार्टनर दराज डटकम सस्तोडिलमार्फत उपलब्ध हुनेछ । नेपाली बजारमा यसको मूल्य ३१ हजार ९ सय ९९ रुपैयाँ पर्ने जनाएको छ ।
प्रतिक्रिया