काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेवोन) मा करिब १४ अर्ब बराबरको आईपीओ पाइपलाइनमा रहेको छ । धितोपत्र बोर्डको पछिल्लो तथ्यांकअनुसार १८ कम्पनीका १३ करोड ८१ लाख ८२ हजार ८३६ कित्ता आईपीओ पाइपलाइनमा रहेको हो ।
उक्त शेयरको अंकित मुल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । त्यो अनुसार १३ अर्ब ८२ करोड ६४ लाख ३७ हजार ७२० रुपैयाँको आईपीओ पाइपलाइनमा रहेको छ ।
पाइप लाइनमा रहेका कम्पनीको मध्ये सबैभन्दा बढी आईपीओ नेपाल पुर्वाधार विकास बैंकको रहेको छ । उक्त कम्पनीको ८ करोड कित्ता अर्थात् ८ अर्ब बरारबको आईपीओ पाइपलाइनमा रहेको छ । कम्पनीको यो आईपीओ नेपालको पुँजी बजारको हकमा हालसम्म कै ठुलो पनि हो । कम्पनीले आइपीओ निष्कासन गर्नका लागि मंसिर ८ गते निवेदन दिएको हो ।
त्यसैगरी दोस्रोमा मध्यभोटेकोशी जलविद्युत कम्पनी रहेको छ । उक्त कम्पनीले १ करोड ५० लाख कित्ता आइपीओ अर्थात डेढ अर्ब बराबरको आईपीओ निष्काशन गर्ने छ । यस्तै, कम्पनीको पाइपलाइनमा रहेका आईपीओ विवरण यस प्रकार छः
प्रतिक्रिया