काठमाडौं – कोरोना बीमामा आइबारसम्म कुल १३ हजार ८४८ जनाले दावी भुक्तानी पाएका छन् । बीमा समितिले उपलब्ध गराएको पछिल्लो तथ्यांकले यस्तो देखाएको हो ।
रकमका आधारमा आइतबारसम्म रु. १ अर्ब ३५ करोड १८ लाख ७५ हजार बराबरको दावी भुक्तानी भएको छ ।
केही समयअघि बीमा कम्पनीहरुले कोरोना बीमाको दावी भुक्तानीमा ढिलाई गरेपछि चर्काे रुपमा आलोचना भएको थियो । तर, पछिल्लो समय कोरोना बीमाको दावी भुक्तानी चुस्त रुपमा अगाडि बढेको तथ्यांकले नै देखाएको छ ।
तथ्यांकअनुसार हालसम्म २५ हजार ७७५ ओटा आवेदनको पुर्ण रुपमा कागजपत्र पुरा भएको छ । त्यसबाट यतिका बीमितले दावी भएका हुन ।
यसका अलावा ६ हजार ३४५ ओटा आवेदन स्वास्थ्य मन्त्रालयमा स्वीकृतिको लागि लगिएको छ भने त्यसबाट ३ हजार २३४ ओटा आवेदन स्वीकृति भएर पनि आइसकेको छ । त्यो अनुसार स्वीकृतिका लागि अझै ३ हजार १११ ओटा आवेदन पेडिङमा रहेका छन् ।
यस्तै, मन्त्रालयमा पठाउनका लागि १ हजार ४३९ ओटा आवेदन तयार भएको छ भने कागजपत्र पुरा नभएपछि १ हजार ८९२ ओटा आवेदन कम्पनीलाई नै फिर्ता गरिएको छ ।
यस्तै, २ हजार ९८४ आवेदन भेरिफिकेशनको प्रक्रियामा रहेको समितिको भनाइ छ । यस्तै, ६८ ओटा आवेदन भने दावीका लागि योग्य नभएको पनि तथ्यांकमा उल्लेख छ ।
बीमा समितिले गत बैशाखमा लघु बीमा अन्तरगत कोरोना बीमा कार्यक्रम ल्याएको थियो । त्यसपछि निर्जीवन बीमा कम्पनीहरुले लघुबीमा पुल मार्फत यो बीमाको कारोबार गर्दै आएका छन् । यसमा नेपाल पुनर्बीमा कम्पनीले पनि सहकार्य गर्दै आइरहेको छ ।
प्रतिक्रिया