काठमाडौं, नागारिक लगानी कोषले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि एक दिन शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । गत असार २० गते सम्पन्न भएको साधारणसभाबाट पारित गरेको १,३५,९२,५९२ कित्ता हकप्रद शेयर निष्कासनका लागि पुस १४ गते एक दिन शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको हो ।
कोषको शेयरधनी दर्ता पुस्तिका बन्द हुने मितिको अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा भएको कारोबारबाट शेयर खरिद गरी आवश्यक कागजातसहित कोषको केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा प्राप्त विवरणको आधारमा भौतिक तथा हितग्राही खातामा कायम भएका शेयरधनीहरुले मात्र हकप्रद शेयरको लागि दरखास्त दिन पाइने छ ।
प्रतिक्रिया