५५ वर्ष पुरानो पाँचतारे होटल अन्नपूर्ण बन्द, ३६० कर्मचारी बेरोजगार

५ बर्ष अगाडि

काठमाडौंस्थित दरबारमार्गमा रहेको ५५ वर्ष पुरानो पाँचतारे होटेल अन्नपूर्ण बन्द हुने भएको छ ।  कोभिड १९ का कारण आम्दानीभन्दा खर्च बढी भएकोले चलाउन नसकिएको भन्दै व्यवस्थापनले होटल बन्द गर्न लागेको हो । 

होटेलमा कार्यरत ३६० जनालाई आफुले पाउने तलब, सुविधा लिएर जान भनेको होटल सञ्चालक सिर्जना राणाले बताइन् ।  बताइन् । उनका अनुसार होटलमा  ४० वर्षदेखि काम गरेका कर्मचारी समेत कर्मचारी छन् । होटल ५५ वर्ष पुरानो भएको र नयाँ होटेलहरूले जस्तो खर्च गरेर बस्न सक्ने अवस्था नभएकोले बन्द गर्न लागेको उनको भनाई छ ।  ‘होटेलमा मासिक १ लाख रूपैयाँसम्म तलब खाने कर्मचारी छन्, व्यापार छैन’, उनले भनिन,  ‘कोभिडका कारण सन् २०२१ सम्म कोही पनि पर्यटक आउन सक्ने अवस्था देखिएन । अहिलेसम्म कर्मचारीलाई खुवाइयो र आफुले पनि खाइयो तर अब खान र खुवाउन सक्ने अवस्था भएन ।’

अहिलेसम्म कर्मचारीलाई दिनुपर्ने सेवा, सुविधा दिन सक्ने भएपनि आगामी दिनमा दिन नसक्ने अबस्था आएकोले यस्तो निर्णय गर्नु परेको राणाको भनाई छ । 
अब सन् २०२१ सम्मै होटेल खोल्न सकिने अवस्था नभएकोले होटल बन्द गरेर नयाँ के काम गर्ने भन्ने विषयमा आफूले योजना बनाउन लागेको उनको भनाई छ । ‘नयाँ के काम गर्न सकिन्छ रिसर्च गर्छु’, उनले भनिन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया