काठमाडौं- संसद विघटन भए पछि यसको विरोध केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदबाट ७ जना मन्त्रीले सामूहिक रुपमा राजीनामा दिएका छन् ।
प्रचण्ड र माधव नेपाल निकट नेताहरु कृषिमन्त्री घनश्याम भुसाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादवले राजीनामा दिएको घोषणा गरेका छन् ।
तर पूर्वमाओवादीतर्फबाट मन्त्री बनेका रामबहादुर थापा ‘बादल’ र लेखराज भट्टले भने ओलीलाई साथ दिएका छन् । पूर्वमाओवादी पक्षबाट मन्त्री भएका गृहमन्त्री थापा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भट्टले राजीनामा दिएका छैनन्।
अन्य ७ मन्त्रीले राजीनामा घोषणा गरिँदा गृहमन्त्री बादल र उद्योगमन्त्री भट्ट बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलमा छन् ।
प्रतिक्रिया