काठमाडौं- संसद विघटन भए पछि यसको विरोध गर्दै सात मन्त्रीले सामूहिकरुपमा राजीनामा दिएका छन् ।
राजीनामा दिनेमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकटका मन्त्रीहरुरहेका छन् ।
जसमा कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव रहेका छन् ।

प्रतिक्रिया