काठमाडौं, एनसेल आजियाटा लिमिटेडले क्रिसमस तथा नयाँ वर्षको उपलक्षमा आफ्ना प्रिपेड ग्राहकका लागि ‘दामी क्यासब्याक योजना ल्याएको छ । यो योजनाले ग्राहकलाई रु ५० र रु १०० को प्रत्येक रिचार्जमा पाउँदै आएको भन्दा बढी मेन ब्यालेन्स पाईने सुनिश्चित गरेको छ ।
यो योजना अन्तर्गत रु ५० रिचार्ज गर्ने प्रत्येक ग्राहकले कम्तिमा हाल पाईने रु ४९.०२ भन्दा बढी अर्थात रु ५१ मेन ब्यालेन्स प्राप्त गर्दछन् । त्यसैगरी रु १००
को रिचार्जमा अब कम्तिमा विद्यमान रु ९८.०४ भन्दा बढी रु १०२ मेन ब्यालेन्स पाउँछन्
।
यो योजना आइतबारबाट लागु भएको छ र १५ दिनका लागि संचालनमा रहनेछ ।
योजना अवधिमा रिचार्ज गर्ने प्रत्येक प्रिपेड ग्राहकलाई क्रमरहित रुपमा प्रत्येक
रिचार्जमा विद्यमान भन्दा बढि मेन ब्यालेन्प्रदान गरिने यो योजनाको मेन विषेशता हो । रु ५० रिचार्ज गर्ने ग्राहकले यो योजनाा अधिकतम रु १०० सम्म मेन ब्यालेन्स प्राप्त गर्नेछन ।
रिचार्ज कार्ड, भर्चुअल फण्ड ट्रान्सफर (भीइफटी) तथा अनलाइन जुन कुनैपनि माध्यमबाट गरिएको रु ५० र रु १०० को प्रत्येक रिचार्जमा यो थप मेन ब्यालेन्सको लाभ लिन सकिनेछ । यो योजना पुस १९ गते सम्म लागु हुनेछ ।
प्रतिक्रिया