काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि खहिले जत्ता तत्तैबाट आलोचना सुरु भएको छ। यसै विच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कि नेतृ रामकुमारी झाँक्रीले पनि चर्को आलोचनामा उत्रेकी छिन्।
उनले सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री र राष्ट्रपतिले कम्युनिस्ट आन्दोलन समाप्त गरेको बताएकी छिन्। साथै फेरि एक पटक लोकतान्त्रिक गणतन्त्रको लागि लड्न आह्वान पनि गरेकी छिन्।
आइतबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर संसद् विघटनको सिफारिस गरेका थिए । दिउँसो त्यो प्रस्तावलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेकी हुन् ।
प्रतिक्रिया