काठमाडौं, साताको पहिलो दिन (आइतबार) नेपाल स्टक एक्सेन्ज (नेप्से)मा भारि अंकको गिरावट आएको छ ।
आज ११ बजे २०३१.५१ को बिन्दुबाट सुरु भएको परिसुचक ४ घण्टाको अवधिमा ९६.८८ अंकले घटेर १९३५.६३ को बिन्दुमा पुुगेको छ । ३ बजेसम्म आउँदा नेप्से झन्डै ५ प्रतिशतले ओरालो लागेको हो ।
कारोबारमा आएका १२ उपसमुहमध्ये सबै उपसमुह ओरालो लागेका छन । बैकिङ सेक्टर ४४.३३ अंकले ओरालो लागेर १४४८.९४ को बिन्दुमा, व्यापार सेक्टर ८६.४२ अंकले ओरालो लागेर १९३२.१२ को बिन्दुमा, हाइड्रोपावर ११०.४१ अंकले ओरालो लागेर १५४३.१५ को बिन्दु र जीवन बीमा ६६.६१ अंकले ओरालो लागेर १२५८८.४८ को बिन्दुमा पुगेको छ ।
यस्तै अन्तिम समयसम्म कारोबारमा आएका १९८ कम्पनिको १ करोड ४५ लाख ९ हजार ५३३ कित्ता ७९ हजार ९६७ पटक खरिद बिक्री हुदाँ ९ अर्ब ४ करोड ७९ लाख रुपैंया बराबरका कारोबार भएको छ ।
कारोबारमा आएका कम्पनिमध्ये नेपाल रिइन्सुरेन्स कम्पनिले १ अर्ब ६ करोड ८४ लाख बराबरको कारोबार गर्दै उच्च स्थानमा रहेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार ब्रोकर कमिसन घटाउने निर्देशन दिएपछि आज शेयर बजारमा पोजेटिभ सर्किट लाग्ने आशा गरिएको थियो । तर संसद विघटनको प्रस्तावले शेयर बजारमा नकरात्मक असर पारेकोे छ ।
प्रतिक्रिया