काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको प्रस्तावविरुद्ध काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले प्रदर्शन गरेको हो ।
असंवैधानिक कदम खारेज गर, गणतन्त्र मास्न पाइँदैन, जनप्रतिनिधिमूलक संस्था विघटन गरसहितका नारा लगाउँदै प्रदर्शनकारीहरु सडकमा निस्किएका हुन् ।
यो सँगै पोखरा चितवजनसहितका ठाउँमा सरकारका कदमविरुद्ध विरोध प्रदर्शन सुरु भएको छ । प्रधानमन्त्रीको कदम जनआन्दोलन र निर्वाचनमा नागरिकले दिएको ‘म्याडेट’ र संविधानको भावनाविपरीत रहेको प्रदर्शनकारीको भनाइ छ ।
प्रतिक्रिया