जिल्लाको नमुना गाउँपालिका बनाउने गरी बबई गाउँपालिकाका जनप्रतिनीधि खटिएका छन् । दैनिक जनताको सेवा गरीरहेका उनीहरुले गाउँपालिकाको समग्र बिकासका लागि बृहत गुरुयोजना निर्माणमा जुटेका हुन् ।
गाउँपालिकाको समग्र बस्तुस्थितिका बारेमा बृहत गुरुयोजना निर्माणको तयारी गरीरहेको गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलले जानकारी दिनुभएको छ । गाउँपालिकाको बिकास गर्नका लागि योजनाबद्ध कार्यका लागि गुरुयोजना निर्माण गर्न लागेको अध्यक्ष पौडेलले जानकारी दिनुभएको छ ।
त्यसका लागि गाउँपालिकाका जनप्रतिनीधिहरु भेला भएर छलफल समेत गरेका छन् । उनीहरुले चार बर्षमा गाउँपालिकालाई नमुना गाउँपालिका बनाउने गरी गुरुयोजना निर्माण संकल्पसहित जुटेका छन् । जनताले जनप्रतिनीधिबाट धेरै अपेक्षा गरेको भन्दै गुरुयोजना निर्माण गरी काम गर्ने बताएका छन् ।
बबई गाउँपालिका—१ क वडाध्यक्ष खड्गबहादुर कवरले समग्र गाउँपालिका र वडाको बिकासका लागि दिनरात खटीरहेको भन्दै आफुहरुले अबको चार बर्षमा नमुना गाउँपालिका बनाउने संकल्पसहित खटेको बताउनुभयो । जनप्रतिनीधि एक्लैले केही नहुने भन्दै कवरले सबैले त्यस कार्यमा सहयोग गर्नुपर्ने बताउनुभयो ।
यस्तै वडा नम्बर ६ का वडाध्यक्ष रामबहादुर डाँगीले सबै जनताले हालसम्म साथ दिएको भन्दै सबैको सहयोगले नमुना काम गर्ने बताउनुभएको छ । वडा नम्बर २ का वडाध्यक्ष चिन्तामणी शर्माले स्थानीय, प्रदेश र संघीय सरकारले जनता लक्षित कार्यक्रम ल्याएमा काम गर्न सहज हुने बताउनुभएको छ ।
यसैबीच बबई गाउँपालिकाले बृहत गुरुयोजना निर्माणका विभिन्न समिति गठन गरिएको छ । आगामी छ महिनाभित्र काम सक्ने गरी विभिन्न समिति गठन गरिएको हो । बृहत गुरुयोजना निर्माणका लागि ईन्टेन्सिभ स्टडी एण्ड रिसर्च सेन्टर काठमाडौँले जिम्मा लिएको छ ।
गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलको संयोजकत्वमा निर्देशक समिति, गाउँपालिकाका प्रबक्ता टंकराज बिश्वकर्माको संयोजकत्वमा संयोजन समिति गठन गरिएको छ । यस्तै वडाध्यक्ष रामबहादुर डाँगीको संयोजकत्वमा आर्थिक बिकास समिति, वडाध्यक्ष टेकबहादुर वलीको संयोकत्वमा सामाजिक बिकास समिति, वडाध्यक्ष डम्बर श्रीस मगरको संयोजकत्वमा पुर्बाधार बिकास समिति गठन गरिएको छ ।
यस्तै वडाध्यक्ष खड्गबहादुर कवरको संयोकत्वमा बाताबरण तथा बिकास र वडाध्यक्ष नन्दलाल वलीको संयोकत्वमा सस्थागत बिकास सेवा प्रबाह तथा सुशासन समिति गठन गरिएको छ ।
प्रतिक्रिया