काठमाडौं । आइतबार नेपाल स्टक एक्सेन्ज –नेप्से कारोबारको सुरुवातबाट नै ओरालो यात्रामा छ । तीन घण्टाको अवधिमा नेप्सेमा ३.२८ प्रतिशतको गिरावट आएको छ ।
आज २०३१.५१ को बिन्दुबाट सुरु भएको नेप्से सुरुवातबाट ओरालोको यात्रातय गर्दै २ बजेसम्म आइपुग्दाँ ६६.७६ अंकले ओरालो लागेर १९६५.७६ को बिन्दुमा पुगेको छ ।
कारोबारका १२ उपसमुहमा सबै उपसमुहमा राताम्मे छाएको छ ।
तीन घण्टाको अवधिमा कारोबारमा आएका १९७ कम्पनिको ९२ लाख ४२ हजार २५२ कित्ता शेयर ५३ हजार २२९ पटक खरिद बिक्री हुदाँ ५ अर्ब ८२ करोड ३ लाख बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया