संसद् विघटन सिफारिसका कारण लगानीकर्ता अन्योलमा

५ बर्ष अगाडि

काठमाडौं । सरकारको संसद् विघटन गर्न राष्ट्रपतिसमक्ष गरेको सिफारिसले आर्थिक रुपमा पनि धक्का पर्ने देखिएको छ । नीतिगत रुपमा स्थायित्वतर्फ जान खोजेको बेलामा संसद् विघटनले लगानीकर्तालाई निरुत्साहित गर्ने अर्थविद्हरुले जनाएका छन् ।

सरकार कसैको नियन्त्रणमा नभएको र जनताको  जवाफदेही पनि नभएको अर्थविद्हरु बताउँछन् । कर्मचारीतन्त्रलाई यस्तो बेलामा काम नगर्ने एउटा मौका मिलेता पनि त्यसैले समग्रमा आर्थिक रुपमा नकारात्मक प्रभाव पार्ने बताएका छन् । र यस्ता गतिविधिले लगानीकर्तालाई निरुत्साहित गर्ने पनि जनाएका छन् ।

कोरोना महामारी हुँदा हुँदै पनि तङ्‌ग्रिन खोजेको अर्थतन्त्रलाई थप धक्का दिने बताएका छन् ।  साथै राजनीतिक अन्योलले धेरै क्षेत्रमा अन्योल सिर्जना गरेको र यसले नीति कार्यान्वयनमा असर पारेको बताएका छन् । चुनाव हुने भए नियमित विकास गतिविधितिर भन्दा चुनावतर्फ मान्छेको ध्यान केन्द्रित हुने पनि बताएका छन् ।

चुनाव हुने भए चन्दा आतंकको डर निजी क्षेत्रलाई पर्ने साथै   वैदेशिक लगानीलाई पनि प्रभावित हुने जनाएका छन् । यो सँगै स्वदेशी लगानीकर्तामा पनि अन्योल थपिएको बताएका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया