काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भेट नदिएर फर्किएका नेकपा अध्यक्ष प्रचण्ड पुनः प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । र, अहिले केपी ओली र प्रचण्ड बीच बालुवाटारमा छलफल भइरहेको बताइएको छ ।
आज १ बजे नेकपाको स्थायी कमिटी बस्ने तयारी थियो । तर, आज बिहान प्रधानमन्त्रीले आकस्मिक मन्त्रीपरिषद्को बैठक राखेर संसद बिघटन गर्न राष्ट्रपतिलाई सिफारिस गरेका छन् ।
त्यसपछि अहिले नेपालको राजनीतिमा ठुलै हलचल मच्कीएको छ ।
बिशेषगरि प्रचण्डले ओलीलाई संसद् बिघटनको प्रस्ताव फिर्ता लिन दवाव दिनेछन् । प्रचण्डसहित नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल नारायणकाजी श्रेष्ठ लगायत नेताहरुले खुमलटारमा बसेर ओलीलाई उक्त प्रस्ताव फिर्ता लिन दवाव दिने निर्णय गरेका थिए । त्यसपछि प्रचण्ड बालुवाटार पुगेका हुन् ।
प्रतिक्रिया