ओप्पोले सार्वजनिक गर्यो सस्तो फाइभजी स्मार्टफोन

४ बर्ष अगाडि

काठमाडौं- ओप्पो कम्पनीले नयाँ स्मार्टफोन ए ५३ फाइभजी सार्वजनिक गरेको छ । यस अघि अगस्टमा सार्वजनिक भएको ओप्पो ए ५३ कै फाइभजी भर्सन चीनमा फेरी सार्वजनिक गरेको हो ।

जेडी डट कमको लिस्टिङका अनुसार यो नयाँ स्मार्टफोनलाई दुई वटा र्‍याम तथा तीन कलर अप्सनमा ल्याइएको छ । भने चार जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरिनयन्टको मूल्य चिनियाँ युआन १२९९ (करिब २३ हजार ३३० रुपैयाँ) राखिएको छ ।

जसले १० वाट फास्ट चार्जिङलाई सपोर्ट गर्दछ । फोटोग्राफीका लागि यसमा १६ मेगापिक्सेलको प्राइमरी सेन्सर, दुई मेगापिक्सेलको म्याक्रो क्यामेरा र दुई मेगापिक्सेलकै पोट्रेट सेन्सर दिइएको ।

यसको अगाडि भागमा सेल्फीका लागि ८ मेगापिक्सेलको क्यामेरा राखिएको छ । यसमा फिंगरप्रिन्ट सेन्सर साइड माउण्टेड छ ।

यसलाई ६ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरिन्टमा समेत सार्वजनिक गरिएको छ । 

ओप्पो ए ५३ फाइभजीका ग्राहकका लागि  ग्रिन, सिक्रेट नाइन ब्ल्याक र स्ट्रिमर पर्पल कलर अप्सनमा उपलब्ध उपलब्ध हुनेछ । यसको बिक्री चीनमा २२ डिसेम्बरदेखि सुरु हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया