काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले निक्षेपमा नयाँ ब्याजदर घोषणा गरेको छ । फाइनान्सले आइतबारबाट लागु हुने गरी नयाँ ब्याजदर निर्धारण गरेको हो ।
फाइनान्सले मुद्रति निक्षेपमा व्यक्तिगत तर्फ ७ देखि ८ प्रतिशत ब्याजदर तोकेको छ । तीन महिना (९० दिन सम्म)का लागि ७ प्रतिशत, १५ महिना ( १८० दिन सम्म)का लागि ७ं.५० प्रतिशत र १ वर्ष र सोभन्दा बढीका लागि ८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
यस्तै संस्थापकतर्फ ५ देखि ७.५० प्रतिशत ब्याजदर घोषणा गरेको छ । जसमा ९० दिनका लागि ५ प्रतिशत, १८० दिनका लागि ६ प्रतिशत र १ वर्ष र सोभन्दा बढी लागि ७.५० प्रतिशत ब्याजदर तोकेको हो ।
यसैगरी बचत तर्फ ३ देखि ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । जसमा शेयर बचत, सञ्चयकोष, बाल बचतमा ३ प्रतिशत ब्याजदर र ज्येष्ठ नागारिक बचतमा ४ं.५० प्रतिशत र सुनौलो बचतमा ५ प्रतिशत ब्याजदर घोषणा गरेको छ ।
प्रतिक्रिया