काठमाडौं ,आज सातको पहिलो दिन नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचकमा भारि अंकको गिरावट आएको छ ।
आज ११ बजे २०३१.५१ को बिन्दुबाट सुरु भएको कारोबार सुरुवातबाट नै ओरालोको यात्रातय गर्दै १ घण्टाको अवधिमा ५२.९७ अंकले घटेर १९७९.५४ को बिन्दुमा पुगेको छ । १२ बजेसम्म्म आइपुग्दाँ नेप्से परिसुचक २. ६१ प्रतिशतले घटेको हो ।
कारोबारमा आएका १२ उपसमुहमध्ये एउटा मात्र उपसमुह हरियोमा कायम रहेको छ ।
एक घण्टाको अवधिमा कारोबारमा आएका १८२ कम्पनिको ३१ लाख ३० हजार ७८३ कित्ता १८ हजार ७८३ पटक खरिद बिक्री हुदाँ २ अर्ब ३० करोड ५९ लाख बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया