आईएमई नेपाल लिटरचेर फेस्टिभलको नवौं संस्करण पोखरामा

५ बर्ष अगाडि

काठमाडौं । आईएमई नेपाल लिटरचेर फेस्टिभलको नवौं संस्करण आगामि पुस १४ र १५ गते हुँदै छ । फेस्टिभल भर्चुअल रुपमा पोखरामा हुने भएको छ। 

फेस्टिभलको शुभारम्भ पुष १३ गते साँझ हुने बताइएको छ । आयोजक संस्था बुकर्म फाउन्डेसनका अनुसार फेस्टिभलको शुभारम्भ साँझमा प्रदीप रोदनसँग अमृत सुवेदीको मेहफिल कार्यक्रम हुने भएको छ ।

फेस्टिभलको यस संस्करणमा १६ सेसन र ४० जनाभन्दा बढी बक्ता रहने पनि बताइएको छ । फेस्टिभल भर्चुअल रुपमा गरिने भएकोले दर्शकहरुको उपस्थित भने नरहने आयोजकले जनाएको छ।

कोरोनाका कारण लामो समयसम्म फेस्टिभलको नवौं संस्करणको आयोजना गर्ने कि नगर्ने भन्ने अन्योलमा रहेको साथै भर्चुअल रुपमै फेस्टिभललाई निरन्तरता दिनु पर्छ भन्न्े आवाज उठे पछि फेस्टिभल आयोजनामा जुटेको आयोजकले जनाएको छ। फेस्टिभलका सबै सत्र सामाजिक सञ्जाल एवम् फेस्टिभलको आधिकारिक युट्युब च्यानलबाट लाइभ प्रसारण हुने छ । फेस्टिभलमा साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तितत्व वक्ताहरुको उपस्थित रहने छ ।

आईएमई नेपाल लिटरचेर फेस्टिभलको सुरु सन् २०११ मा झम्सिखेलको ज्ञन मण्गलाबाट भएको हो । दुई वर्षअघि फेस्टिभललाई व्यावसायिक ग्रुप आईएमईले प्रायोजन गरे सँगै महोत्वसवको नाम आईएमई नेपाल लिटरेचर फेस्टिभल राखिएको हो ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया