मन्त्रीपरिषदबाट संसद विघटनको निर्णय गराएर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्पति भेट्न कार्यालय शीतलनिवास पुगेका छन् ।
संसद विघटनको सिफारिस बोकेर ओली शीतलनिवास पुगेका हुन् । बिहान मन्त्रीपरिषदको आकस्मिक बैठक राखेका ओलीले संसद विघटनको निर्णय गर्ने थाहा पाएपछि नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड बालुवाटार पुगेपनि उनलाई भेट नै नदिई ओली शीतलनिवास पुगेका हुन् ।
प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजन सम्वन्धी अध्यादेश पनि राष्ट्रपतिको कार्यालयमा लगेका छन् । तर आज भने प्रधानमन्त्रीले भेट नदिएपछि प्रचण्ड भने खुमलटार फर्किएका छन् ।
प्रधानमन्त्री निकट स्रोतले राजनीतिक दल विभाजन सम्वन्धि अध्यादेश पनि राष्ट्रपतिको कार्यालयमा पुगेको बतायो ।
नेकपा भित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन र दल विभाजनको अध्यादेश एकै साथ अघि बढाएका हुन् ।
दुवै अध्यादेशको प्रस्ताव केही दिनअघि नै तयार भएको स्रोतको दावी छ ।
प्रधानमन्त्री ओलीले यस अघिको मन्त्रीपरिषद बैठकमा मन्त्रीहरुलाई समेत थाहा नदिइ संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका थिए ।
तत्कालै राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गर्दै नेपाल राजपत्रमा प्रकाशित गरिएको थियो । तर गत बुधबार बसेको नेकपाको स्थायी कमिटीको बैठकले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।
त्यसपछि चौतर्फी आलोचना खेपेका प्रधानमन्त्री ओली नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई खुमलटारमै पुगेर भेटेका थिए ।
प्रचण्ड फर्केपछि नेकपा नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल प्रचण्ड निवास पुगेका छन् ।
प्रतिक्रिया