मुक्तिनाथ विकास बैंकको पुस २५ गते साधरण सभा बस्दै

५ बर्ष अगाडि

काठमाडौं ,मुक्तिनाथ विकास बैंक लिमिटेडको पुस २५ गते शनिबार चौथो साधारण सभा हुने भएको छ । 

सभा बिहान ११ बजेबाट होटल पोखरा ग्राण्ड पार्दी, विरौटा र पोखरामा हुने पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले निर्णय गरेको हो ।

सभामा विभिन्न प्रस्तावहरुमा छलफल गरिने छ ।

यस्तै पुस १३ गतेदखि पुस २५ गतेसम्मका लागि यस विकास बैंकको शेयर दाखिल खारेज बन्द गरिने कुरा पनि बैंकले जानकारी गराएको छ ।

हाल विश्वभर फैलिएको कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै अनलाइन(भच्र्युए) मार्फत पनि सभामा उपस्थित हुने व्यवस्था गरिएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया