कारोबार सुरु हुनसाथ हिमालयन डिस्टीलरीको शेयर मुल्यमा सकरात्मक सर्किट

५ बर्ष अगाडि

काठमाडौं – गत आवको मुनाफाबाट शेयरधनीलाई शतप्रतिशत लाभांश घोषणा गरेको हिमालयन डिस्टीलरीको शेयर मुल्यमा आज सकरात्मक सर्किट लागेको छ । आइतबार शेयर कारोबार सुरु हुन साथ उक्त कम्पनीको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको हो । 
गत हप्ता कम्पनीले ५० प्रतिशत बोनस शेयर सहित कुल १०० प्रतिशत लाभांश घोषणा गरेको थियो । त्यसपछि उक्त कम्पनी तर्फ लगानीकर्ताको आर्कषण बढेको हो ।
आज उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेको छ ।  गत हप्ता उक्त कम्पनीको शेयर मुल्य ४हजार ४०० रुपैयाँ थियो । आज त्यो ४४० अंकले बढेर ४ हजार ८४० विन्दुमा पुगेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया