काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओेलीले संसद् बिघटन गर्न राष्ट्रपतिलाई सिफारिस गरेका छने । आज बिहान मन्त्रिपरिषद्को आकस्मीक बैठक राखेर उनले यस्तो निर्णय गरेका हुन् ।
आज बिहान ९ः४५ मा बैठक बसको थियो । यस अघिको बैठकमा मन्त्रीहरुलाई समेत थाहा नदिइ प्रधानमन्त्री ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका थिए ।
तत्कालै राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गर्दै नेपाल राजपत्रमा प्रकाशित गरिएको थियो । तर बुधबार बसेको नेकपाको स्थायी कमिटीको बैठकले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।
साथै संसदको विशेष अधिवेशन आह्वानका लागि समावेदन दिन शीतल निवास पुर्याइएको ८३ सांसदको हस्ताक्षर पनि फिर्ता ल्याउने निर्णय गरेको थियो ।
प्रतिक्रिया