‘फेक इन्फरमेसन’ ले हैरान प्रहरी

७ बर्ष अगाडि

काठमाडौं-पछिल्लो समय नेपाल प्रहरीले गलत सूचनाका कारण हैरानी बेहोर्दै आएको छ । जनताको जीउधनको सुरक्षा गर्ने जिम्मेवारी प्रहरीको भए पनि सुरक्षाकै लागि गलत सूचना आउँदा प्रहरी हैरानीमा पर्दै आएको हो ।

गत बुधबार एकाएक प्रहरीलाई १०० नम्बरमा यस्तै एउटा सूचना आयो, ‘राजधानीको गोठाटार क्षेत्रबाट स्कुले बालक अपहरणमा परे, खोजी गर्नुहोला ।’
प्रहरी आफू मातहतका सबै निकायमा खबर प्रवाह गरेर तत्काल घटनास्थलतर्फ अघि बढ्यो । गोठाटारको तेजविनायक चोक क्षेत्रसहित सम्भावित सबै क्षेत्रमा प्रहरी परिचालित भयो । राजधानीबाट बाहिरिने सबै नाकामा प्रहरीले सर्कुलर ग¥यो । राजधानी दैनिकमा विस्तृतमा खबर छापिएकाे छ । 
स्थानीय विद्यालय र टोलका अन्य मानिससँग पनि बच्चा हराए या नहराएबारे प्रहरीले जानकारी लियो तर कतैबाट बच्चा हराएको सूचना आएन ।


राति अबेरसम्म पनि बालक हराएको बारे कहीँ कतैबाट अभिभावकको गुनासो नआएपछि महानगरीय प्रहरी परिसर काठमाडौं निष्कर्षमा पुग्यो अब घटनाको पुष्टि भएन ।
यसअघि भक्तपुरमा बालकको हत्या र अपहरण भएको घटनाबाट सतर्क भएका प्रहरी अधिकारी फेरि सोही क्षेत्रमा बच्चा हराएको सुन्नासाथ चनाखो भए । उपत्यकाभित्रको जघन्य प्रकृतिको अपराध अनुसन्धानको जिम्मेवारी पाएको महानगरीय अपराध अनुसन्धान महाशाखाले पनि तत्काल घटनाको सूचना आएको स्थानतर्फ टोली परिचालन ग¥यो ।
काठमाडौंका परिसर प्रमुख एसएसपी वसन्त लामा भन्छन्, ‘सूचना आएपछि परिचालित हुने हाम्रो जिम्मेवारी हो तर गलत सूचनाले सर्वसाधारणमा तत्काल नै त्रास उत्पन्न गर्छ, यो राम्रो होइन ।’

७ बर्ष अगाडि

प्रतिक्रिया