पुन: उकालो यात्रामा नेप्से, साताभरमा ३० अर्बको कारोबार

५ बर्ष अगाडि

यस साता नेपाल स्टक एक्सचेन्ज नेप्से ६८.४९ अंकले उकालो लागेको छ ।  

पहिलो दिन १९६४.०२ विन्दुबाट कारोबार सुरु गरेको नेप्से अन्तिम दिन सम्म आइपुग्दा २०३१.५१ विन्दुमा पुगेको हो ।

गत साता नेप्से ९१.४३ अंकले घटेको थियो ।

त्यस्तै, यस साता नेप्सेमा कारोबारको रकममा पनि वृद्धी आएको छ । साताको अन्ति दिन सम्म आइपुग्दा ३० अर्ब ८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । 

जुन गत साताको भन्दा १ अर्ब ५९ करोड रुपैयाँले बढी हो । 

उता, यस साता कारोबारमा आएका  १२ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । 

यस साता  जीवन बीमा उपसमूह सबैभन्दा धेरै बढेको छ भने जलविद्युत उपसमूह सबै भन्दा धेरै घटेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया