कैलाश यात्रा सञ्चालक सङ्घका अध्यक्षमा बस्नेत

५ बर्ष अगाडि

चीनको कैलाश मानसरोवर पर्यटक लैजाने नेपाली व्यवसायीको संस्था कैलाश यात्रा सञ्चालक सङ्घका अध्यक्षमा जीतेन्द्र बस्नेत निर्वाचित भएका छन्। 

सङ्घको शुक्रबार साँझ सम्पन्न १० औँ वार्षिक साधारणसभाले बस्नेतका अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । 

सङ्घका प्रथम उपाध्यक्षमा लीलाबल्लभ दाहाल ‘काका’, द्धितीय उपाध्यक्षमा कृष्णप्रसाद ढकाल, महासचिवमा प्रचण्ड मानन्धर, सचिवमा गोपाल थापा र कोषाध्यक्षमा प्रदीप पण्डित निर्विरोध निर्वाचित भएका छन्।

यस्तै सदस्यमा सूर्यप्रसाद पाठक, वसन्त बराल, राजन श्रेष्ठ, रामचन्द्र श्रेष्ठ र विवेकराज देवकोटा निर्वाचित भएका छन् । कैलाश यात्रा सञ्चालक सङ्घमा हाल देशभरका ४० भन्दा बढी कम्पनी आबद्ध  छन् । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया