ग्राहकको सुविधाका नाममा बिभिन्न बैंक तथा वित्तिय संस्थाले काठमाडौंका विभिन्न ठाँउमा एटिएम मेसिन राख्ने गरेका थिए ।
तर त्रमीक रुपमा ती मेसिनहरु हराउन थालेका छन् । लकडाउनको समयमा नेपाल राष्ट्र बैंकले बैंकहरुलाई अन्तर बैंक एटिएम शुल्क नलिन भने पछि आफ्नो फाइदाका लागि बैंकहरुले एटिएम हटाउन थालेका हुन् ।
पहिला अन्तरबैंक शुल्क लागू हुदाँ अन्य बैंकका ग्राहकले अरु बैंकको एटिएम प्रयोग गर्दा बैंकलाई धेरै फाइदा हुन्थयो र धेरै मानिसको चहलपहल हुने ठाँउमा बैंकहरुले आफ्नो एटिएम स्थपना गरि हाल्थे ।
तर अहिले अन्तरबैंक शुल्क खारेज भएर ग्राहाकलाई सुविधा भइरहेको बेला बैंकहरु आफ्नो खर्च घटाउन शाखा भएका ठाँउ बाहेक अन्य ठाँउको एटिएक हटाउन थालेका छन् ।
पहिला १२ वटा बैंकको एटिएम मसिन रहेको सुन्धारा एटिएम काउन्टरमा हाल २ वटा मेसिन मात्र छन् । त्यस्तै, त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा पहिला ५ वटा एटिएम थिए भने हाल ३ वटामात्र एटिएक छन् ।
त्यस्तै, काठमाडौंको अन्य ठाँउमा बाक्लो रुपमा रहेका एटिएम मेसिनहरु अहिले घट्ने क्रममा रहेका छन् । त्यो मात्र नभएर एटिएम मसिनले काम नगरेको अवस्थामा पनि बैंकले मेन्टिनेन्स समेत नगरेको ग्राहक बताउछन् ।
यसरी बैंकले आफ्ना फाइदाका लागि ग्रहाकको सुविधामा कटौती ल्याउँदा ग्रहाकहरु ठूलै मारमा पर्ने देखिन्छ ।
प्रतिक्रिया