दिल्लीमा नेपाली पुजारी: झन् बढी सम्मान

७ बर्ष अगाडि

 नयाँदिल्ली– हिन्दुहरूको प्रमुख तीर्थस्थल पशुपतिनाथ मन्दिरमा दक्षिण भारतीय भट्टहरूको सान र मानसँग प्राय: सबै नेपाली परिचित छन् । तर, भारतको राजधानी नयाँदिल्लीका मन्दिरहरूमा नेपाली पुजारीहरूको हैसियत पनि पशुपतिका भट्टभन्दा कम भने छैन ।

यकिन तथ्यांक नभए पनि नयाँदिल्ली र आसपास क्षेत्रका मन्दिरमा सयौं नेपाली पुजारी छन् । कतिपय मन्दिरमा त मूल पुजारीमात्र होइन सहायकसमेत नेपाली छन् ।
 विशेषगरी जनकपुरी, विकासपुरी, रोहिणी, प्रितमपुरा, शालिमार बाग, पश्चिम विहार, इन्द्रपुरी, रजौरी गार्डेन, मायापुरीका मन्दिरमा नेपाली पुजारीकै बोलवाला छ । यसबाहेक दिल्ली आसपासका हिसार, गुडगाँवमा पनि उल्लेख्य संख्यामा नेपाली पुजारी छन् । नेपाली पुजारीको संख्या मात्र बढी छैन, उनीहरूप्रतिको सम्मान र वैभव पनि लोभलाग्दो छ ।
 तिनैमध्येका हुन्, रामपुर, पाल्पाका एकराज खनाल । खनाल २० वर्षदेखि करोलबागको गंगेश्वर धाममा मुख्य पुजारी छन् । यस धामका अन्य विभिन्न सहरहरूमा पन्ध्रभन्दा बढी आश्रम छन् । हरिद्वार, वृन्दावन, अमृतसर, मुम्बईलगायत । विद्यालय, गुरुकुल, अस्पताल, गौशाला यसले सञ्चालन गरेको छ ।कान्तिपुर दैनिकमा खबर छापिएकाे छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया