कृषि विकास बैंकले कृषि ऋणपत्र निष्काशन गर्ने भएको छ ।
बैंकले ६ अर्ब रुपैयाँ बराबरको कृषि ऋणपत्र जारी गर्न लागेको हो ।
उक्त ऋणपत्र निष्काशन गर्न बैंकले धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
बैंकले कुल निष्काशनमध्ये ३ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्ने छ भने बाँकी २ अर्ब ४० करोड रुपैयाँ बराबरको सर्वसाधारणमा बिक्री गर्ने छ।
त्यस्तै, बैंकले उक्त ऋणपत्रको बिक्री प्रबन्धकमा एनआइविएल एस क्यापिटललाई चयन गरेको छ ।
प्रतिक्रिया