नेपाल स्टक एक्सचेन्ज नेप्सेले आफ्नो सिस्टम अडिट गर्ने भएको छ ।
नेप्सेले उक्त सिस्टम अडिट गर्नका लागि यस अघि नै सूचना जारी गरेको थियो ।
उक्त सिस्टम अडिटका लागि सार्वजनिक गरिएको सूचना मार्फतआएका आशयपत्र मध्येबाट नेप्सेले४ कम्पनीलाई सर्टलिस्टमा राखेको छ ।
नेप्सेले सर्टलिस्टमा राखेको ४ कम्पनीमा ग्रिन टिक नेपाल प्रालि, एमिनेन्स वेज प्रालि जेभी रिगो टेक्नोलोजी प्रालि, बिज सर्भ आइटी प्राइभेट लिमिटेड र एसएआर एडभाइजर्स प्रालि इन जेभी विथ एसएआर एसोसिएटस् रहेका छन् ।
यी चार कम्पनी मध्य एक कम्पनीलाई नेप्सेले आफ्नो सिस्टम अडिट गर्ने जिम्मा दिने छ ।
यस अघि अर्थ मन्त्रालय रे नेप्से बिच सिस्टम अडिटको लागि टेण्डर जारी गर्ने सहमति भएको थियो ।
प्रतिक्रिया