काठमाडौं – हालसम्म ४ वित्ति कम्पनीले गत आवको मुनाफाबाट लाभांश घोषणा गरेका छन । श्री इन्भेष्टमेण्ट फाइनान्स, मञ्जुश्री फाइनान्स, आएसीएफसी फाइनान्स र गुहेश्वरीमर्चेण्ट बैंकिङ एण्ड फाइनान्सले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेका हुन् ।
श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीले ७.३७ प्रतिशत बोनस शेयर र ३.१६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । यस्तै, मञ्जुश्री फाइनान्सले १८ प्रतिशत बोनस ५.५ प्रतिशत नगद लााभांश प्रस्ताव गरेको छ । आइसीएफसी फाइनान्सले १०.५० प्रतिशत बोनस शयर र ४.५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ भने गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सले ८ प्रतिशत बोनस शेयर र ३.४० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
अब उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र साधारण सभाले पारित गरेपनि शेयरधनीले पाउने छन् ।
प्रतिक्रिया