प्रभु बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

५ बर्ष अगाडि

काठमाडौं – प्रभु बैंकको बार्षिक साधारण सभा आगामी पुस २६ गते हुने भएको छ । सो दिन बैंकको केन्द्रीय कार्यालयनमा बिहान ११ बजेदेखि सभा सुरु गर्ने भइएको हो । 
साधारण सभामा आम शेयरधनीहरु भर्चअुल रुपमा पनि सहभागी हुन सक्ने बताइएको छ । 
उक्त सभाले बिशेषगरि गत आवको मुनाफाबाट शेयरधनीलाई दिने लाभांश पाति गर्ने छ । 
कम्पनीले हाल कायम चुक्तापुँजी १० प्रतिशत अर्थात् रु. १ अर्ब ३ करोड १५ लाख ५० हजार ६६४ बराबरको बोनस शेयर प्रस्ताव गरेको छ । यस्तै, कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नदग लाभांशको प्रस्ताव गरिएको छ । 
यस्तै, अन्य बिबिध प्रस्तावमा पनि साधारण सभामा छलफल हुनेछ । 
साधारणसभाका लागि कम्पनीले यही पुस १० गतेबाट बुक क्लोज गर्दैछ, त्यो अनुसार ९ गतेसम्म कायम शेयरधनी मात्र लाभांशको हकदार हुनेछन ।

५ बर्ष अगाडि

प्रतिक्रिया