बाणिज्य बैंकहरुबाट ६०० केजी सुन गायब

५ बर्ष अगाडि

काठमाडौं – कोरोनाको महामारी र मुल्य उच्च हुदाँ पनि मंसिरमा नेपाली बजारमा ६०० केजी काचो सुन खपत भएको छ । मुल्य बढ्दा र कोरोनाका कारण  नेपाली बजारमा लामो समयसम्म सुनको खपत भएको थिएन । तर, गत मंसिरमा भने विवाहको सिजनका कारण ६०० केजी सुन खपत भएको छ । 
नेपालमा विवाहमा सुनको प्रयोग तथा उपभोग बढी हुन्छ । फलस्वरुप विवाहको सिजनको महिनामामा सुनको खपत बढी हुन्छ । 
नेपाल बैंकर्स संघबाट प्राप्त तथ्यांकले यस्तो देखाएको छ । मंसिरमा मात्र सुनचाँदी व्यवसायीहरुले ६०० केजी सुन उठाको संघको भनाइ छ । 
नेपालमा सुन आयात गरेर आपुर्ति गर्ने अधिकार बाणिज्य बैंकहरुलाई नै छ । त्यहीअनुसार  बाणिज्य बैंकहरुले नै नेपालमा सुन आयात गर्दै आएका छन् । त्यसको संयोजन भने नेपाल बैंकर्स संघले गर्दै आएको छ । साथै, बैंकबाट लिएको उक्त परिमाणको सुन शतप्रतिशत नै खपत भएको व्यवसायीहरूले बताएका छन ।
मंसिरलाई नै लक्षित गरेर मंसिरमा बैंकहरुले ५०० केजी सुन आयात गरेका थिए । अहिल भने बैंकहरुमा १७१ केजी सुन स्टक रहेको छ । साथै, ३०० केजी सुन आयात गर्ने तयारी पनि गरिएको  छ । 
यसपटक भएको खपत अघिल्ला बर्षहरुको तुलनामा कम हो । पहिला मंसिरमा १२०० केजीसम्म सुन खपत हुन्थ्यो । तर, अहिले बिषम परिस्थीतिमा भएको खपतलाई सकरात्मक रुपमा हेरिएको छ । 
कोरोनाका अन्तरराष्ट्रिय बजारमा मुल्य बढ्दा नेपालमा पनि यसको मुल्य प्रतिोला १ लाख भन्दा माथि गएको थियो । अहिले भने ९३ हजार छ । यसरी मुल्य आकाशिएपछि नेपालमा सुनको कारोबार अत्यन्त न्यून छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया