फरवार्ड माइक्रोफाइनान्सको लाखौ कित्ता शेयर बिक्रीमा, कति छ न्यूनतम मुल्य ?

५ बर्ष अगाडि

काठमाडौं – फरवार्ड माइक्रोफाइनान्स लघुवित्त संस्थाले आफ्नो सस्थापक समुह तर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीले आज एक सुचना जारी गर्दै यस्तो जानकारी दिएको हो । 
कम्पनीले आरएमडीसि लघुवित्त वित्तिय संस्थाको स्वामित्वमा रहेको ३ लाख ७५ हजार ३०७.५७ कित्ता शेयर बिक्री गर्न लागेको हो । उक्त खरिद गर्न गर्न इच्छुक विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले पुस ८ गते बिक्री प्रवन्धक एनआईबीएस एस क्यापिटल लिमिटेड बोलपत्र पेस गर्नुपर्ने छ । बोलपत्रमा लिन चाहेको शेयर र कति रेटमा लिने भनेर कबुल गरि गोप्य शिलवन्दी बोलपत्र आवेदन पेश गर्नुपर्ने बताइएको छ । शेयरको न्यूनतम मुल्यभने ९५३.३६ रुपैयाँ तोकिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया