ओलीलाई संसदमा शेरबहादुरको यस्तो व्यंग्य

७ बर्ष अगाडि

काठमाडौ– काँग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार संसद बैठकमा ठट्यौली शैलीमा प्रस्तुत भए । बैठकमा माधव नेपाल पछि बोल्न पुगेका देउवाले सुरुमै प्रधानमन्त्री केपी ओलीलाई व्यंग्य गर्न भ्याए । सभामुख महन्थ ठाकुरले प्रतिपक्ष दलको नेताको हैसियतले आफ्नो धारणा राख्न समय दिएलगत्तै धारणा राख्न पोडियममा पुगेका देउवाले  निर्वाचित सांसदहरुलाई बधाई दिए । त्यसपछि नयाँ सरकार र प्रधानमन्त्रीलाई  बधाइ तथा सुभकामना दिने क्रममा देउवाले भने–हुन त केपी ओलीजीले मलाई चुनाव नै गराउनुहुन्न भन्नुहुन्थ्यो तर अहिले मैले गराएकै चुनावबाट प्रधानमन्त्री बन्नु भएको छ ,उहाँलाई र उहाँको नेतृत्वको सरकारलाई बधाइ तथा सुभकामना ! 
त्यस्तै देउवाले आफू अघि बोलेका माधव नेपाललाई पनि व्यग्य गरे । रचनात्मक प्रतिपक्ष आवश्यक रहेको नेता नेपालले बताएका थिए । जवाफमा देउवाले भने ‘हामी राम्रो काम गर्नेलाई सहयोग गर्छो तर माधव नेपाल जीले हामीलाई अलि बढि नै फकाउने प्रयास गर्नभयो, त्यो उहाको बाध्यता होला ।’
त्यस्तै देउवाले आफ्नो नेतृत्वको सरकारले निर्वाचन गराएर मुलुकलाई शान्ति र विकासको बाटोमा हिडाएको बताए ।

७ बर्ष अगाडि

प्रतिक्रिया