आजबाट प्रभु लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने म्याद सकिएको छ ।
आज अन्तिम दिन कम्पनीको आइपीओमा आवेदन दिनेको संख्या १० लाख ४४ हजार पुगेको छ ।
यो आइपीओमा परेको अहिले सम्मकै धेरै आवेदन हो ।
कम्पनीको आइपीओमा १० लाख ४४ हजार आवेदकले २ करोड ७७ लाख शेयरको लागि आवेदन दिएको क्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।
कम्पनीले गत मंसिर २९ गतेदेखि ६० करोड रुपैयाँको ६० लाख कित्ता आईपीओ बिक्रीमा ल्याएको हो । एक कित्ता आईपीओको मुल्य रु। १०० तोकिएको छ ।
कम्पनीको कुल आईपीओमा ३ लाख कित्ता कर्मचारी र ३ लाख कित्ता सामुहिक लगानी कोषलाई छुट्टाइएको छ । त्यो अनुसार बाँकी रहेको ५४ लाख कित्ता आईपीओ सर्वसाधारणले पाउने छन् ।
प्रतिक्रिया