नेपाली क्रिकेट टिमले मुख्य प्रशिक्षक पाएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार वक्तव्य जारी गर्दै मा डेभ वाटमोरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो ।
प्रशिक्षकका लागि पूर्व प्रशिक्षक पुवुदु दशानायके, अपूर्व सुबोधभाइ देसाइ, नेइल क्याक्रेइ लगायत १२ जनाले आवेदन दिएका थिए ।
तर क्यानले श्रीलंका, बंगलादेश र पाकिस्तानको प्रशिक्षक भइसकेका वाटमोरलाई छनोट गरेको छ ।
श्रीलंकाको कोलम्बोमा जन्मेका वाटमोर अष्ट्रेलियाका राष्ट्रिय खेलाडी हुँदै प्रशिक्षक भएका हुन् । करिब एक दशक खेलेका उनी १९८८÷८९ मा सन्यास लिएपछि श्रीलंकाको प्रशिक्षक बनेका थिए । उनको प्रशिक्षणमा श्रीलंकाले १९९६ मा विश्वकप जित्यो ।
त्यसपछि इंग्लिस काउन्टी क्रिकेट टिम लंकाशायरलाई दुई राष्ट्रिय लिग र नेटवेस्ट ट्रफी जिताएका उनी फेरी फेरि श्रीलंका फर्किएर प्रशिक्षक बने ।
त्यसपछि उनी प्रशिक्षक रहेको बेला बंगलादेश २००७ को विश्वकपमा बंगलादेश ‘सुपर–एट’ का लागि छनोट भयो ।
भारतको नेसनल क्रिकेट एकेडेमीको निर्देशक, आईपीएल टिम कोलकाता नाइट राइडर्सको प्रशिक्षक रहेका उनले ४ मार्च २०१२ मा पाकिस्तान टिमको प्रशिक्षक भएका थिए ।
संघले क्यानको महाप्रवन्धकमा रौनक मल्ल र क्रिकेट म्यानेजरमा विनोद दासलाई नियुक्त गरेको छ ।
प्रतिक्रिया