हिमालयन बैंकले गठन गर्‍याे मर्जर उपसमिति, नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरको अन्तिम तयारी

५ बर्ष अगाडि

नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जको अन्तिम तयारीमा जुटेको  हिमालयन बैंकले मर्जर उप समिति गठन गरेको छ । बैंकको आज बसेको बोर्ड बैठकले सुनिल बहादुर थापाको संयोजकत्वमा मर्जर उप समिति गठन गरेको हो ।

बलियो वित्तिय संस्था स्थापनाका लागि बैंक तथा वित्तिय संस्था गाभ्न प्रोत्साहन गर्ने नेपाल राष्ट्रबैंकको नीति अनुसार हिमालयन बैंकले मर्जका लागि संभावित पार्टनर खोज्न पहल गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक रानाले बताए । 

निजी क्षेत्रकै दुई ठूला र पुराना बैंक हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक आपसमा मर्ज भई नेपालकै सबैभन्दा ठूलो बैंक बन्ने अन्तिम तयारी छ । 

मर्जरका लागि दुई बैंकबीच धेरैपटक वार्ता र सम्वाद पनि तर खासगरी सेयर नियन्त्रण गर्न सक्ने र पारिवारिक सम्बन्धसमेत गाँसिएका निर्णायक सेयरधनीहरुको टकरावका कारण रोकिएको थियो । 

तर यसपटक भने मर्जको गम्भीर वार्ता र लिखित प्रतिवद्धता आदान(प्रदान भई काम अघि बढेको छ । 

अनौपचारिक छलफलको क्रममा सेयर आदान प्रदान अनुपात ९स्वाप रेसियो० १स्१ हुने कुरा टुंगिएको र  पुस दोस्रो साता मर्जको सहमतिपत्रमा हस्ताक्षरको तयारी रहेको बताइएको छ । 

त्यसैलाई औपचारिक रुप दिनका लागि हिमालयनले मर्जर कमिटि गठन गरेको स्रोतको दावी छ । यो कमिटिको पहलमा  पुसभित्रै साधारणसभा गरी सहमतिपत्रमा हस्ताक्षर हुने बताइएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया