अर्थमन्त्रीले निर्देशन दिएपछि बीमा समितिले द्रुत गतिमा सक्रमितहरुको बीमा बापतको रकम भुक्तानी गर्न थालेको छ ।
समितिले बुधबार सम्ममा कोरोना बीमा गरेका १२ हजार १९३ संक्रमितलाई बीमा बापतको रकम भुक्तानी गरिसकेको छ ।
त्यस्तै, २ हजार १११ स्रंक्रमीतले केही समय मै स्वीकृति पाउने बीमा समितिले जनाएको छ ।
त्यस्तै, अहिले सम्ममा २३ हजार ५६ संक्रमितहरुको प्राप्त कागजात फाइल भएको गरिएको छ भने ५० संक्रमितको कुनै दावी नपाउने भएका छन् ।
समितिले १२ हजार १९३ संक्रमितलाई एक अर्ब १९ लाख रुपैयाँ बराबरको दावी भुक्तानी गरिसकेको छ ।
यस अघि बीमा कम्पनीहरुले कम्पनीहरुलेभुक्तानीमा ढिलाइ गरेपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ७ दिनभित्रै भुक्तानी दिन निर्देशन दिएका थिए।
प्रतिक्रिया