काठमाडौं , नेपालमा बितेको २४ घण्टामा थप ७७६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ५१,६०० नाघेको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ।
मन्त्रालयका अनुसार ६,५८८ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।
सो अवधिमा छ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको सरकारी तथ्याङ्कले देखाउँछ। योसगै हात देशभर १,७४९ सङ्क्रमितको मृत्यु भएको छ।
मन्त्रालयले बिहीवार अपराह्ण प्रकाशित गरेको विवरणअनुसार अहिले नेपालभरि ९,५८० जनामा सक्रिय सङ्क्रमण छ।
हिलेसम्म कुल दुई लाख ४०,३६३ सङ्क्रमित निको भएको सरकारी तथ्याङ्क छ।
अर्थात् नेपालमा सङ्क्रमित निको हुने दर ९७.५ प्रतिशत छ।
प्रतिक्रिया