हकप्रद निष्काशन गर्न नागरिक लगानी कोषलाई धितोपत्र बोर्डको अनुमति

५ बर्ष अगाडि

धितोपत्र बोर्डले नागरिक लगानी कोषलाई हकप्रद निष्काशन गर्न अनुमति दिएको छ । 

बोर्डले कोषलाई आज बिहिबार हकप्रद निष्काशनको अनुमति दिएको हो ।

अब कम्पनीले  एक अर्ब पैतिस करोड ९२ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता शेयर निष्काशन गर्ने छ । 

हकप्रद निष्काशन गर्न कम्पनीले आरविवि मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

उक्त हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब पुग्ने छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया