अझै ७७.८ % नेपाली बीमा दायराभन्दा बाहिर

५ बर्ष अगाडि

काठमाडौं ,नेपालमा बीमा सेवा सुरु भएको ७ दशकभन्दा बढी भएपनि अझै ७७.८ प्रतिशत नेपाली जीवन बीमा दायराभन्दा बाहिर रहेका छन । 

अर्थमन्त्रालयले सर्वाजनिक गरेको बुलिटेनको तथ्याङकले यस्तो देखाएको हो । तथ्याङक अनुसार चालु आर्थिक वर्षको कात्र्तिकसम्म २२.२ प्रतिशत नेपाली मात्र जीवन बीमाको दायरामा रहेका छन ।
गत आ.व को सो अवधिसम्म २० प्रतिशत नेपाली जीवन बीमाको दायरामा रहेका थिए ।  त्यो अनुसार पछिल्लो एक वर्षमा थप २.२ प्रतिशत बढेर २२.२ प्रतिशत नेपाली बीमाको दायरामा आएका छन ।

वैदेशिक रोजगार बीमालेख सहित भने जीवन बीमाको पहुँच २४.८ प्रतिशत नेपालीमा पुगेको अर्थमन्त्रालयको भनाइ रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया