हिजोबाट कारोबारमा आएको माउन्टेन ईनर्जी हाइड्रोको शेयरमा आज पनि सकरात्मक सर्किट लागेको छ ।
कारोबार सुरु भएको पहिलो दिन नै सकरात्मक सर्किट लागेको कम्पनीको शेयरमा आज दोस्रो दिन पनि सकरात्मक सक्रिट लागेको हो ।
यस कम्पनीको शेयर कारोबार हिजोबाट सुरु भएको हो ।
नेप्सले उक्त कम्पनीको पहिलो शेयर काराबारको लागि ११४ रुपैयाँ ८१ पैसा देखि ३४४.४३ रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो ।
हिजो बुधबार ३४४ रुपैयाँमा उक्त कम्पनीको शेयर कारोबार खुलेको थियो भने कारोबारको अन्तिम समय सम्म आउदाँ कम्पनीको शेयर मूलय ९.८८ प्रतिशतले बढेर ३७८ रुपैयाँ पुगेको थियो ।
आज पनि कारोबार सुरु भएको केहि समयमै कम्पनीको शेयर मूल्य ९.७९ प्रतिशतले बढेर ४१५
रुपैयाँ पुगेको छ ।
नेप्सेमा कम्पनीको शेयर कारोबार सुरु भए पनि हाल सम्म कुनै लगगानीकर्ताले शेयर बिक्री गरेका छैनन् ।
उता कम्पनीको शेयर खरिद गर्ने लगानीकर्ताको भने चाप धेरै छ ।
कारोबार सुरु भएको दुई घण्टामा उक्त कम्पनीको शेयरमा २८२ लगानीकर्ताले ८१ हजार १६७ कित्ताको माग गरेका छन् भने हाल सम्म कोहि लगानीकतार्ले पनि उक्त कम्पनीको शेयर बिक्री गरेका छैनन् ।
प्रतिक्रिया