गत चैत ११ देखि बन्द भएको काठमाडौं दिल्ली नियमित उडान आजदेखि शुरु भएको छ । कोरोना भाइरस महामारीका कारण रोकिएको उडान आज देखि नियमित भएको हो ।
पहिलो फ्लाइटका रुपमा नेपाल एयरलाइन्सको ए–३२० जहाजले बिहान ११ः२० बजेदेखि उडान शुरु गरेको हो ।
नेपाल एयरलाइन्सकी प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार पहिलो उडानमा नै दिल्ली जाँदा र आउँदा दुबै राम्रो अक्कुपेन्सी रहेको छ ।
आजदेखि काठमाडौंबाट दैनिक एक जहाज दिल्ली जाने र सोही जहाजले दिल्लीबाट यात्रुलाई काठमाडौं ल्याउने नेपाल एयरलाइन्सले जनाएको छ ।
यात्रुको चापसँगै ठूलो जहाज उडाउने तयारी निगमको छ ।
भारतबाट भने एयर इण्डियाले नेपालमा उडान गर्नेछ ।
प्रतिक्रिया